संसदभित्रै सांसदले टाेके मान्छे, एक जना मर्यादापालक गम्भीर घाइते

शुक्रबार प्रतिनिधिसभाकाे बैठकमा अनपेक्षित घटनाहरु घटे।

अर्थमन्त्री जनार्दन शर्माकाे 'म्याराथन'देखि 'राेष्टम'सम्म पुग्ने एमाले सांसदहरुकाे हर्कतलाई हेर्ने हाे भने शुक्रबारकाे बैठकमा मर्यादाभन्दा माथि कै गतिविधिहरु भए।

केही सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलबाट माइक पनि ताने भने केही सांसदहरूले त मर्यादा पालकको हातमा टोक्नसमेत भ्याए। एमाले सांसदकाे टाेकाइबाट एक जना मर्यादापालक गम्भीर घाइते बनेका छन्।

ती सांसदले टाेकिरहेकाे दृश्य फाेटाे पत्रकार अंगद ढकालले राेचक तरिकाले क्याप्चर गरे। नाराबाजी चलिरहेकै बेला राेष्टमलाई सुरक्षित राख्न उभिएका मर्यादापालकलाई एक सांसदले टाेक्दा उनी घाइते भएकाे प्रहरीले बताएकाे हाे। अहिले उनी उपचाररत् छन्।



गंगा र आशालाई सांसदहरुले उचालेपछि देउवा, प्रचण्ड र माधव नेपाल भए 'ट्वाँ'

शुक्रबार प्रतिनिधि सभाकाे बैठकमा अर्थमन्त्री शर्माले बजेट वक्तव्य पढिरहेकाे बेला एमालेका सांसदहरुले केही सांसदलाई उचालेर रोष्टममा समेत पुर्‍याउने प्रयास गरे। तर मर्यादापालकहरुकाे सक्रियता बढेपछि उनीहरु राेष्टममा पुग्न सकेनन्।

एमालेका सांसदहरुले पालैपालो गंगा चैधरी, नरबहादुर धामी, नारमुनी राना र आशा विकलाई काँध-काँधमा उचालेर रोष्टममा पुर्‍याउने प्रयास गरेका थिए।

एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलबाट माइकसमेत ताने। एमालेले विभिन्न हर्कत देखाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) अध्यक्ष माधव नेपाल  भने हेरेकाे हेर्यै भएका थिए। 

सांसद झाले भनिन्- 'सभामुखकाे टाउकाे फुटाउँन माइक तानेकी हुँ, जसरी पनि फुटाउँछु'

नेकपा एमालेकी सांसद रेखा झाले सभामुखको टाउको फुटाउने योजना बनाएको बताएपछि उनी विवादमा तानिएकी छन्।

पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘सभामुखलाई हान्न माइक तानेको हुँ। संसद्को मर्यादा छ नि। विरोध भइरहेको छ। हामी नारा लगाइरहेका छौँ, बैठक चलाउने ? मिलेकाे भए टाउकाे फुटाउँथे ’ 

नबिर्सने घटनाः संसदभित्रै जनार्दन शर्माकाे 'क्याटवाक' र 'म्याराथन' (भिडियाे)

जब सभामुख अग्नि सापकोटाले उनलाई प्रतिस्थापन विधेयक प्रस्तुत गर्न समय दिए, उनी आफ्नो आसनबाट यसरी कुदेर रोष्टममा गए कि उनी कुदेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियालेर हेरिरहेका थिए।

उनी मन्त्री बस्ने आसनको दोश्रो लहरबाट यसरी कुदे कि उनलाई कसैले लखेटिरहेको छ। उनी  कुदेको देख्दा सबैलाई ०७१ माघ ५ गतेको पुरानो जनार्दन शर्मा याद आयो।

त्यसबेला शर्मा त्यही हलमा मर्यादापालकहरुसँग कुस्ती खेलेका थिए। यहाँसम्म कि आफ्नो चोर औँला मर्यादापालकहरुको नाकमा सोझ्याउँदै 'पख्लास'समेत भनेका थिए।

प्रकाशित मिति: : 2021-09-11 10:37:00

प्रतिकृया दिनुहोस्