मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ शिवरात्रिमा प्रदर्शन हुने भएको छ। निर्माताले फागुन १३ गते प्रदर्शन मिति घोषणा गरेका हुन् कोरोना महामारीको कारण पटक-पटक प्रदर्शन मिति घोषणा गरेको फिल्मले पुनः नयाँ मिति सार्वजनिक गरेको हो।
फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ। खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्त लगायतले अभिनयमा डेब्यु गर्दैछन्।
फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट , दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ। फिल्ममा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ भने हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउन्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन्।