आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै पर्साको वीरगञ्जमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छन्।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित विपरीत रहेकोले फिर्ता गर्नुपर्ने माग गर्दै आज शनिबार नाराबाजीसहित आईटी आर्मीले मोटरसाइकल र्याली निकालेको हो।
आईटी आर्मी पर्सा जिल्ला कमिटीको नेतृत्वमा मुलुकको आर्थिक राजधानी मानिने वीरगञ्जमा युवाहरुले प्रदर्शन गरेका हुन्।
'देश बेच्न पाइँदैन एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर-राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दावाद राष्ट्रघाती एमसीसी मुर्दावाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसी' लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्।
आजै सम्पन्न आईटी आर्मीको वीरगञ्ज महानगर भेलाले महम्मद रेहान ईब्राहिमको संयोजकत्व तथा मखन पटेलको सह-संयोजकत्वमा महानगर कमिटी गठन चयन गरिएको छ।
कार्यक्रममा संविधानसभा सदस्य ईश्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, युवा नेता पवन तिवारी, आईटी आर्मी पर्साका संयोजक सन्तोष पटेललगायतको उपस्थिति रहेको थियो।