ताप्लेजुङमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन भएको छ। छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो  

ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन्।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा आयोजित भेलाले फुङ्लिङमा पार्टीको कार्यालयसमेत स्थापन गरेको छ 

प्रकाशित मिति: : 2021-09-11 20:22:00

प्रतिकृया दिनुहोस्