वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत 'जीवनको पाना'सार्वजनिक भएको छ। बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन्। देवेन्द्र नेवाले गीतको संगीत संयोजन गरेका हुन् भने भिडियोलाई राज केसीले निर्देशन गरेका छन्।
मदन कृष्ण श्रेष्ठ,अभिनेता सरोज खनाल , लक्ष्मण प्रसाद अधिकारी र राजेन्द्र कट्टेललगायतको भिडियोमा अभिनय रहेको छ।
रमेश थापाको सम्पादन भिडियोमा देख्न सकिन्छ। भिडियोको कन्सेप्ट अभिनेता सरोज खनालले नै तयार परेका हुन्। भिडियोलाई केन्द्र मोसन्स् युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।