अमेरिकाद्वारा सेप्टेम्बर ११ को अनुसन्धान प्रतिवेदन सार्वजनिक, साउदी अरेबियाको संलग्नता थप पुष्टि

बिएल संवाददाता

वाशिंगटन डीसी
Photo: Reuters
Photo: Reuters

अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेश जारी गरेपछि अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले २००१ सेप्टेम्बर ११ घटनाको छानबीनसँग सम्बन्धित पहिलो दस्तावेज सार्वजनिक गरेको छ।

अमेरिकी समयअनुसार शनिबार राति खुलासा गरिएको उक्त दस्ताबेजमा विमान अपहरणकर्ताको साउदी अधिकारीहरुसँग भएको अन्तर्क्रियाबारे खुलाइएको छ। तथापि यो दस्तावेजले वरिष्ठ साउदी सरकारी अधिकारीहरुको आक्रमणमा संलग्नता भने पुष्टि गर्दैन।

यसले साउदी  दूतावासका एक अधिकारी र एक संदिग्ध साउदी गुप्तचर एजेण्टले संयुक्त राज्य अमेरिकामा कम्तिमा दुई अपरहणकारीलाई 'रसद सहयोग' गरेको हुनसक्नेतिर संघीय अनुसन्धान ब्यूरोकोको अनुसन्धानको रूपरेखा तय गरेको छ।

सार्वजनिक गरिएको दस्तावेजमा २००१ सेप्टेम्बर ११ मा न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी आक्रमणको २०सौँ वर्ष पूरा भएसँगै राष्ट्रपति बाइडेनले सूचना खुलाउन दिएको आदेशसँगै खुलाइएको हो।

१६ पृष्ठमा रहेको उक्त दस्तावेज सन् २०१५ मा संघीय अनुसन्धान विभागले आक्रमण हुनुअगाडि अपहरणकारीहरुलाई सहयोग गरिरहेका साउदी नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहेका एक व्यक्तिसँग गरेको अन्तर्वार्तामा आधारित रहेको छ।

पीडितका परिवारहरुको दबाब

सेप्टेम्बर ११ को उक्त घटनामा साउदी अरब पनि संलग्न भएको भन्दै पीड़ितका परिवारहरु अदालत धाइरहेका छन्। घटनाको अनुसन्धानसँग सम्बन्धित दस्तावेजहरु गोप्य भएका कारणले उनीहरु आक्रोशित छन्।

यही वर्ष नै साउदीअरबका पूर्वअधिकारीहरुलाई सपथ खुवाएर सवालजवाफ गरिएको थियो। पीड़ित परिवारहरुले पटक–पटक गोप्य दस्तावेजहरुको सार्वजनिकीकरण आफ्नोलागि  महत्वपूर्ण हुने बताएका छन्।

आक्रमणको पछाडि भएका अलकायदाका नेता ओसामा बिन लादेन साउदीअरेबियाका थिए। यसै गरी अपहरणमा संलग्न १५ जाना पनि साउदीकै थिए।

हमलामा न्यूयोर्क, पेन्सिलभेनिया र पेनतागोनमा गरेर जम्मा तीन हजार व्यक्तिको निधन भएको थियो। आक्रमणविरुद्ध अग्रपंक्तिमा लडेका सयौँ अन्य व्यक्तिलाई बचाउन धुवाँ, धुलो र भग्नावशेषबीच लड्दा लागेको रोगले मरेका छन। कत्ति अझै बिरामी छन्।

साउदी अरबको अस्वीकारोक्ति

साउदी अरबले भने आफ्नो कुनै किसिमको संलग्नता भएको कुरालाई पूर्ण रुपमा अस्वीकार गर्दै आएको छ। वाशिंगटनस्थित साउदी दूतावासले एक वक्तव्यमा आफू दस्ताबेजहरुको पूर्ण सार्वजनिकीकरणको पक्षमा रहेको किनकि यसले साउदीमाथि लागेका 'आधारहीन आरोपहरु' को 'सधैँका लागि अन्त्य' हुने बताएको छ।

'साउदी अरबमाथि लागेका सबै आरोपहरु पूर्ण रुपमा गलत हुन्', दूतावासले भनेको छ। एक व्यक्तव्यमा पीडित परिवारका वकील जिम क्रैन्डलरले भने संघीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको दस्तावेजले आफूले प्रस्तुत गरेका तर्कहरु प्रमाणित गरेको बताएका छन्।

'यो दस्तावेजसाहित आजसम्म सर्वसाधारणले फेला पारेको प्रमाण हरुले कसरी अलकायदाले अमेरिकाभित्र रहेर साउदी सरकारको सहयोगमा आफ्नो क्रियाकलापहरु चलायो भन्ने पुष्टि गर्छ,' उनले भने।

आक्रमणमा मारिएका टम स्ट्राडाकी पत्नी टेरीले '९-११ परिवार एकता' का तर्फ बाट अनुसन्धान ब्यूरोको प्रतिवेदनले साउदी अधिराज्यका गोप्य षड्यन्त्रहरुको खुलासा गरेको बताइन्।

संघीय अनुसंधान विभाग (एफ बि आई) अनुसंधान गर्दै

सार्वजनिक गरिएका कागजातहरुका अनुसार, संयुक्त राज्यले साउदी कूटनीतिज्ञ र अन्य आक्रमणमा संलग्नहरुसँग सम्पर्कमा रहेका साउदी अधिकारीमाथि छानबीन गरेको थियो।

यसका बाबजुद पनि साउदी सरकार या त वरिष्ठ अधिकारीहरु कसैले पनि अलकायदाको आक्रमणलाई सहयोग नगरेको बताएको थियो। तथापि उक्त प्रतिवेदनअनुसार, साउदीसँग जोडिएका च्यारिटीहरुमार्फत् च्यानल गरिएको हुनसक्ने संभावनालाई नकारेको थिएन।

संयुक्त राज्य अमेरिकामा आइपुग्ने पहिलो दुई अपहरणकर्ताहरु– नवाफ अल हाज्मी र खालिद अल मिदार, गहिरो अनुसन्धानका विषय भएका छन्। उनी हरुलाई कसले सहयोग गर्योो भन्नेबारे पनि।

सन् २००० को फेब्रुअरीमा उनीहरुले कयालीफर्निया आईपुग्नेबित्तिकै साउदी नागरिक ओमर अल बायोमीसँग हलाल रेस्टूर्यान्टमा कुरा गरेका थिए। बायोमीले उनीहरुलाई सान डिएगोमा कोठा खोजना सहयोग गरेका थिए। एफबीआईले बायोमीको साउदी सरकार संग सम्बन्ध रहेको बताएको थियो।

एफबीआईसँग कुरा गर्दा बायोमीले हाज्मी र मिदारसँगको भेटलाई 'संयोगबश जम्काभेट' को रुपमा बताएका थिए। एफबीआईले यसबारे छनबीन गरे पनि निष्कर्षमा पुगेन।

सार्वजनिक गरिएका कागजात अमेरिकी नागरिकताको लागि आवेदन दिएका व्यक्तिसँग गरेको कुराकानीका आधारमा भएको बताइए पनि उक्त व्यक्तिको नाम कतै खुलाइएको छैन। कागजातका अनुसार, उसले लस एञ्जेलसस्थित साउदी दूतावासमा काम गरेको बताइएको छ। कागजातका अनुसार उक्त व्यक्तिको अपहरणकर्ता हरुलाई सघाउने बायोमीसहित अन्य सऊदी नागरिकसँग सम्बन्ध थियो।

प्रकाशित मिति: : 2021-09-12 17:50:00

प्रतिकृया दिनुहोस्