प्रदेश १ मा छैनन् गौरवका आयोजनाः मुख्यमन्त्री र मन्त्रीको खल्तीका आयोजनालाई गौरव भन्दै प्रचार !

लोकान्तर

उत्तम पोखरेल

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले ३ वर्षसम्म प्रदेश सरकारको नेतृत्व गरे ।

प्रदेशका विकास आयोजनाहरूलाई अगाडि बढाउन प्रदेश योजना आयोग पनि बनाए । तर मुख्यमन्त्री राईको पाला एउटा पनि आयोजना प्रदेश गौरवका रूपमा सूचीकृत भएनन् ।

सरकारले केही आयोजनालाई गौरवको आयोजना भन्ने गरेको छ । तर ती आयोजनाले औपचारिक रूपमा प्रदेश गौरवको आयोजनाको मान्यता भने अझै पाएका छैनन् ।

गौरवका आयोजना छनोट गर्नका लागि पहिला योजना बैंक स्थापना गर्नुपर्छ । प्रदेश सरकारले योजना बैंक नै सञ्चालन नगरी अहिलेसम्म आयोजनाहरू सञ्चालन गरिरहेको छ ।

हालसम्म सञ्चालन भएका आयोजनाहरू मुख्यमन्त्री, मन्त्री र सांसदको खल्तीबाटै आएको आयोगका कर्मचारीहरू बताउँछन् । प्रदेश सरकारले सञ्चालन गरेका कुनै पनि आयोजना गौरवका योजनाका रूपमा नरहेको प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरेले बताए । 

प्रकाशित मिति: : 2021-09-13 13:19:00

प्रतिकृया दिनुहोस्