नायिका पूजा शर्मा भन्छिन्:-'म बाघ हुँ'

File photo
File photo

प्रेम सम्बन्धको चर्चामा नायिका पूजा शर्मा फिल्मी क्षेत्रमा अग्र स्थानमा छिन्। शर्माको अहिलेका चर्चित अभिनेता देखी निर्देशक सँग नाम जोडिएर विभिन्न समाचारहरु आउने गर्दछ। जसमा पल शाह, आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापा।

तर,यी तिनै सँग भने पूजाको सम्बन्ध बिग्रिसकेको छ। हालै निर्देशक सुदर्शन थापाले संचारकर्मी सुप्रिया कटुवाल सँग इन्गेजमेन्ट गरेको खबर बाहिरिए पछी पूजाको चर्चा झनै चुलिएको छ।

पूजा शर्माले सुदर्शन दम्पतीको तस्बिर राख्दै बधाई दिएपछि दर्शकको नकारात्मक कमेन्ट र पत्रकारको प्रश्नको उत्तर दिन उनलाई भ्याइ नभ्याई छ। सुदर्शनको इन्गेजमेन्टमा किन गइनन् पूजा लगायतका समाचारहरू सम्प्रेषण भई रहेका छन्। तर पूजाले उक्त समाचार र नकारात्मक कमेन्टलाई वास्ता भने गरेकी छैनन्। किन भने उनले आफूले आफैलाई 'बाघ' को उपमा दिएकी छिन्।

प्रकाशित मिति: : 2021-09-13 14:31:00

प्रतिकृया दिनुहोस्