प्रदेश १ : मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री आचार्य, पाँच मन्त्री थपिँदै

फाइल तस्वीर
फाइल तस्वीर

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। पाँच जना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाकार देवेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार दुई मन्त्री र तीन राज्यमन्त्री थप्नेबारे छलफल भइरहेको छ। नवनियुक्त मन्त्रीहरूलाई आज नै सपथ गराउने कार्यक्रमसमेत तय भएको कार्कीले बताए।

मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको र राज्यमन्त्रीका विषयमा छलफल भइरहेको उनकाे भनाइ छ। तुलसी न्यौपाने र हिरा थापाको नाम मन्त्रीमा टुंगो लागिसकोको तर, कुन मन्त्रालय दिने भन्नेमा छलफल भइरहेको कार्कीले बताए।

यस्तै राज्यमन्त्रीमा उत्तम बस्नेत, ज्ञानेश्वर राजवंशी, यशोदा अधिकारी, नरेन राई र अम्बिका थापाको नामको विषयमा अहिले मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ। बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले भने मन्त्री हुन अस्वीकार गरेका छन्। 

प्रकाशित मिति: : 2021-09-15 17:34:00

प्रतिकृया दिनुहोस्