प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँच जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ। नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले सपथ लिएका छन्।

यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीले पनि सपथ लिएका छन्।

प्रकाशित मिति: : 2021-09-15 17:54:00

प्रतिकृया दिनुहोस्