चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

Photo : AFP
Photo : AFP

चीनमा शक्तिशाली भूकम्प गएको छ।

सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ।

अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ।

भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ। सो क्षेत्रमा केही संरचना भत्किएका छन्। 

प्रकाशित मिति: : 2021-09-16 09:34:00

प्रतिकृया दिनुहोस्