ललितपुरकाे जिल्ला प्रशासन कार्यालयमा नयाँ सिडिओको अवलाेकन

ललितपुरको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा भएका घनश्याम उपाध्यायले सोमबारबाट कुर्सी सम्हाल्ने भएका छन्।

प्रजिअ उपाध्यायले शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेर अवलोकन गरेका थिए।

ललितपुरमा नयाँ सरुवा भएका प्रजिअ उपाध्यायको यो अवलोकनलाई कर्मचारीहरुले 'छड्के भ्रमण'को रुपमा लिएका छन्। गृह मन्त्रालयबाट दिउँसो १ बजेर ४० मिनेटमा जिल्ला प्रशासन कार्यालय प्रवेश गरेका उपाध्याय ३ बजेर ४५ मिनेटतिर बाहिरिएका थिए।

सिडिओ उपाध्यायले गृह मन्त्रालय सरुवा भएका ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिए।

साथै उनले, प्रशासनका वरिष्ठ कर्मचारीहरुसँग अनौपचारिक परिचयसमेत गरे। प्रजिअ उपाध्यायले औपचारिक जिम्मेवारी भने सोमबारदेखि निभाउनेछन्।

प्रकाशित मिति: : 2021-09-18 07:00:00

प्रतिकृया दिनुहोस्