साझा उम्मेदवारको सम्भावना सकिएको छैन, तर म सभापतिको रेसबाट पछि हट्दिन : सिंह

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्।

गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुनमा ढिलाई भएको बताए। अब छिट्टै सरकारले पूर्णता पाउने उनको भनाइ थियो।

नेता सिंहले पार्टीको १४औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि विधानअनुसार समाधान गर्नुपर्ने उनको भनाइ छ।

नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए। तर आफू सभापतिको उम्मेवारबाट पछि नहट्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-09-18 13:38:00

प्रतिकृया दिनुहोस्