दुई दिनपछि सरकार विस्तार हुन्छ: अध्यक्ष प्रचण्ड 

File Photo
File Photo

सत्तारुढ माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन्। पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए।

‘गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,’ उनले भने, ‘अब सरकार विस्तार हुन्छ।’

संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने प्रचण्डको भनाइ थियो।

‘म प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,’ प्रचण्डले भने, ‘तर केपी ओलि कमरेडको कारण संशोधन हुन सकेन। अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौ।’

एमसीसीलाई संशोधन गरेर मात्र पास गर्न सकिने प्रचण्डले बताए। 

प्रकाशित मिति: : 2021-09-18 17:10:00

प्रतिकृया दिनुहोस्