ओली सरकारविरुद्ध लड्नेहरुले मेडल पाउनु भयो: सुवास नेम्वाङ 

नेकपा एमालेका नेता तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले संविधान दिवसकै दिन केपी शर्मा ओलीको सरकारविरुद्ध लड्नेलाई मेडल दिएको सुन्दा अचम्म लागेको बताएका छ्न्।

एमालेद्वारा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै  नेम्वाङले उक्त प्रतिक्रिया दिएका हुन्।

'संविधान दिवसको अवसरमा कतिपय साथीहरूले मेडल पाउनु भएछ। त्यसले यो संविधानको उद्देश्य अन्तैतिर गएको जस्तो लागेको छ', नेम्वाङले भने', त्यो पुरस्कारको घोषणा हुँदा मलाई आश्चर्य लागेको छ।'

उनले भने, 'जननिर्वाचित ओली सरकार विस्थापित गरेर परमादेशको नयाँ सरकार स्थापित गर्ने अदालतका न्यायाधीशहरुले, परमादेशको सरकारको लागि लड्ने कानुनी व्यवसायीले ओली सरकार हटाए वापत मेडल पाएको सुन्दा दुख लाग्यो।'

उनले भने, 'दिल्लीबाट पार्टी फुटाउने नेताले, यहाँबाट पार्टी फुटाउन भूमिका खेल्ने नेताका परिवारले मेडल पाएको सुन्दा मलाई दुख लाग्यो।'

प्रकाशित मिति: : 2021-09-19 12:13:00

प्रतिकृया दिनुहोस्