‘डक्टर्स अन कल नेपाल’ काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ प्रथम, ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएका छन्।
पुरस्कार स्वरुपविजेताकम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँप्राप्त गरेका छन्। उक्त कार्यक्रममा देशभरबाट एक सय बढी कम्पनी सहभागी भएका थिए।