‘बलात्कार’बारे दुई फैसला : एसएसपीलाई सफाइ, प्रेमीलाई जेल !

एउटामा सफाइको आधार खोजियो, अर्कोमा अपराधको

रातोपाटी

मदन ढुङ्गान

सशस्त्र प्रहरी बल, हुलदङ्गा व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत एकजना बहालवाला एसएसपी गत वर्षको असार ३१ गते बलात्कार आरोपमा पक्राउ परे। ती एसएसपीले शिक्षालयमै खाना खाने निहुँमा बोलाएर बलात्कार गरेको चितवन घर भएकी एक महिलाले आरोप लगाएकी थिइन्।

बिहान ९ बजे लामापाटनस्थित शिक्षालय पुगेकी महिलाले आफूलाई एसएसपीले बलात्कार गरी थुनेर राखेको भन्दै प्रहरीको कन्ट्रोल रुममा खबर गरेकी थिइन्। त्यसलगत्तै प्रहरीले ती एसएसपीलाई शिक्षालयको पछाडि रहेको झाडीमा लडिरहेको अवस्थामा फेला पारेको थियो।

२०७७ साउन २८ गते अदालतमा दर्ता भएको मुद्दामा २०७७ चैत २६ गते फैसला भयो। फैसलामा जवरजस्ती करणीको अभियोग लागेका एसएसपीले सफाइ पाए। जवरजस्ती करणीको आरोप लगाउने महिलाको सम्बन्धमा भने अदालतले केही बोलेन।

सरकारी कार्यालयको क्वार्टरमै भएको भनिएको जवरजस्ती करणीको सम्बन्धमा सफाइ दिएको अदालतले एसएसपीलाई आन्तरिक कारवाही गर्नु वा सचेत गराउनूसम्म भनेन। यो मुद्दामा एसएसपीलाई सफाइ दिने कास्की जिल्ला अदालतका एक नम्बरका न्यायाधीश हुन्।

प्रकाशित मिति: : 2021-09-23 11:41:00

प्रतिकृया दिनुहोस्