सरकारले 'स्यानिटरी प्याड' मा कर लगाएको विरोधमा सडकमा सुतेर प्रदर्शन (फोटो/भिडियो)

सरकारले स्यानिटरी प्याडमा कर लगाइएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। युथ कांग्रेस नेपालले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेकाे हाे। 

‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो, रातो कर माफ गर’ भन्ने नारासहित सांकेतिक रुपमा प्रदर्शन गरिएको  हाे।

महिलाकाे स्वास्थ्यसँग जोटिएको अत्यावश्यक सामग्री (स्यानिटरी प्याड)मा समेत सरकारले कर लगाउनु निक्कै गलत भएकाे प्रदर्शमा सहभागी युवाहरुले बताएका छन्।

‘महिलाको स्वास्थ्यसँग जोडिएकाे विषयमा सरकारले यसरी कर लगाउनु ठिक होइन्,’ प्रदर्शनमा सहभागी दीप अर्यालले भनिन्।

‘सरकारले स्यानिटरी प्याडमा समेत कर लगायो, यो त अतिभयो। प्याडमा कर लाग्छ भने अब सहेर बस्ने अवस्था रहेन त्यसैले आन्दोलनमा उत्रिएका छौँ। प्रदर्शमा सहभागी क्रिष्टी जैसवलले भनिन्।

‘हामी महिलाको लागि हरेक महिना चाहिने कुरा हो यो, त्यसमा पनि कर लगाइदिने। यसै पनि कम अवसर पाएका महिलालाई कर थपेर के गर्न खोजेको यो सरकारले?, महिलाहरु पछाडि जाहोस् भन्न खोजेको’, जैसवलले भनिन्, ‘अब चाहिँ हामी चुप बस्दैनौँ, अब त केही गर्नै पर्छ।’

सरकारले स्यानिटरी प्याडको आयातमा १३ प्रतिशत भन्सार महसुल दर तोकेको छ। त्यसरी भ्याट तथा भन्सार महसुल लगाउनु संविधानविपरीत रहेको दाबीसहित गत साउनमा सर्वाेच्चमा रिट दायर भएको थियो।

प्रकाशित मिति: : 2021-09-23 18:17:00

प्रतिकृया दिनुहोस्