गत साउन महिनादेखि सईसहित ११ जना प्रहरी सम्पर्क बिहिन छन्।
प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका उनीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ।
उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ।