नेकपा एमालेः के प्रमुख प्रतिपक्षी दलको रणनीति संसद्‌मा विफल भएको हो

बिबिसी

अशोक दाहाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बाबजुद सरकारले दुवै सदनबाट यो आर्थिक वर्षको बजेट पारित गरिसकेको छ भने आश्रित अन्य विधेयकहरू पनि पारित हुने क्रममा छन्।

एमालेको संसद् अवरोधका कारण सरकार एक सातासम्म बजेट खर्च गर्न नसक्ने अवस्थामा पुगे पनि त्यसबाहेक सरकारलाई संसद् अवरोधकको ठूलो असर परेन।

संसद्को सबैभन्दा ठूलो दल नाराबाजीसहित वेलमा पुग्दा पनि सदनमा सरकारको काम प्रभावित नहुनुमा प्रतिपक्षको रणनीति कमजोर भएको हो वा प्रतिपक्षले रणनीति नै सरकारको काममा अवरोध नगर्ने थियो भन्ने प्रश्न उठेका छन्।

एमालेको रणनीतिबारे भदौ २७ गते एमाले अध्यक्ष केपी ओलीले एमाले संसदीय दलको बैठकमा गरेको सम्बोधनले त्यसबारे केही सङ्केत गरेको छ।

'बजेट त देशले नै लागु गर्ने कुरा हो नि त। हामीलाई बजेट प्रस्तुत गर्न नदिनुपर्ने वा दिन मन नभएको होइन। तर दुर्भाग्य के भने दिन मन लागेर पनि सहज ढङ्गले दिन सक्ने अवस्था सभामुखको आचरणको कारणले रहेन,' ओलीले बैठकमा सांसदहरूसँग भनेका थिए।

प्रकाशित मिति: : 2021-09-26 15:17:00

प्रतिकृया दिनुहोस्