बलिउड तथा दक्षित भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री काजल अग्रवाल नागार्जुनको नयाँ चलचित्र ‘द घोस्ट’ बाट बाहिरिएकी छन्।
चलचित्रमा काजलको सट्टामा अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिज अनुबन्धित भएकी हुन्।
काजलले आफू गर्भवती भएकाे कारण चलचित्रबाट बाहिरिएकाे अनुमान लगाइएकाे छ। उनले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी थिइन्।
उनले पछिल्लाे समय गरिरहेकाे छायांकन सकाएर केही समय आराम गर्ने बताएकी छन्।