एकता महाधिवेशनमा एमाले

गोरखापत्र

डा. सुरेश आचार्य

प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले अब महाधिवेशनको तयारीमा लागेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशन एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ। ओलीको यो एकताबद्धको सन्देश पार्टीबाट अझै अरू फुटेर नजाऊन भन्ने नै हुनुपर्छ। एमालेलाई एकताबद्ध राख्नका लागि एक समय केही युवा लागेकै हुन्। उनीहरू १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध राख्न सकिन्छ भन्ने विश्वासमा थिए। अध्यक्ष ओलीले पनि त्यही आधारमा पार्टी चलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो तर पार्टी एकता भएन, अर्को पार्टी बन्यो। अर्को पार्टी बन्दै गर्दा १० बुँदे सहमतिका आधारमा पार्टी अगाडि बढ्ने विश्वासमा ती युवा र केही प्रौढ नेता एमालेमै रहन प्रतिबद्ध भए।

यद्यपि, सहमतिप्रतिको प्रतिबद्धताका आवाज यतैकतै गुञ्जिदै गर्दा बाग्मती प्रदेशको इन्चार्जमा एमालेका ती युवाले नचिनेको नाम ‘कायम’ गरियो। मुख्यमन्त्रीको प्रलोभनमा पर्नुभएकी अष्टलक्ष्मी शाक्यलाई थाहै भएन, एमालेमा यस्तो नामको इन्चार्ज पनि थियो।

प्रकाशित मिति: : 2021-09-27 07:40:00

प्रतिकृया दिनुहोस्