‘वनले हटाउँछु भन्छ, अब हामी कहाँ जाने?’

देशसञ्चार

नेपालगञ्ज

कुमार श्रेष्ठ

‘हामी रहरले यहाँ आएर बसेका होइनौँ । दुःख र बाध्यताले गर्दा बसेका हौँ, बेतहनीको झोरा सामुदायिक वन क्षेत्रमा बसेकी बाढीपीडित जेसरानी यादव भन्छिन्, अहिले सामुदायिक वन र वन कार्यालयले हटाउने भन्छ । हामी कहाँ जाने ?’

वि.सं. २०६३ असारमा राप्ती नदीमा ठूलो बाढी आएपछि होलियाको कृषिचौफेरीबाट यादवका परिवारलाई नेपाली सेनाको हेलिकोप्टरले झोरा सामुदायिक वनको खाली जमिनमा ल्याएर बसाएको थियो ।

१५ वर्षदेखि झोरा सामुदायिक वनमा बसिरहेकी मिना बर्मा भन्छिन् ‘हामी बाढीपीडित भएर यहाँ आएका हौँ । अब पुरानो ठाउँमा गएर बस्ने अवस्था छैन । यहाँबाट हटाउने हो भने हामीलाई अर्को ठाउँमा बस्ने व्यवस्था मिलाइ दिनुपर्छ ।’

१५ वर्षअघिको बाढीमा परेका तीन सय ५० घरपरिवार अहिले झोरा सामुदायिक वनमा बसिरहेका छन् । वन कार्यालयको सहयोगमा झोरा सामुदायिक वन उपभोक्ता समूहले पटक–पटक सूचना निकालेर बाढी पीडितलाई जंगल क्षेत्र खाली गराइदिन आग्रह गरिरहेको छ । पछिल्लो पटक भदौ २२ गते एक हप्ताको म्याद राखेर वन क्षेत्र खाली गराइदिन सूचना निकालेको थियो । वन उपभोक्ता समूहले अटेरी गरेमा वन कार्यालयको सहयोगमा हटाइने चेतावनी दिएको छ ।

प्रकाशित मिति: : 2021-09-27 13:09:00

प्रतिकृया दिनुहोस्