अदालतले नचिनेको अपहरणको अभियुक्त : सर्लाहीबाट नागरिकता लिएको प्रमाण भेटियो

रातोपाटी

काठमाडौँ

अपहरण मुद्दाका प्रतिवादी र पक्राउ परेका व्यक्ति फरक–फरक रहेको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले सफाइ दिएका अभियुक्त भारतीय नभएर नेपाली नागरिक नै भएको पुष्टि भएको छ।

व्यवसायी बाबुराजा रावलको अपहरणमा संलग्न रहेका आरोपित व्यक्ति नेपाली नागरिक दुर्गाबहादुर बुढाथोकी नै भएको पुष्टि भएको हो।

२०६५ साल पुस १ गते साँझ बालाजु औद्योगिक क्षेत्र हाताबाट अपहरणमा परेका बाबुराजा रावलका बुवा हरिकृष्ण रावलले दिएको जाहेरीका आधारमा अपहरणकारीको समूहमाथि काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा चलेको थियो। उक्त मुद्दामा प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्की लगायतका प्रतिवादीहरु तत्कालै पक्राउ परी उनीहरुमाथि मुद्दा चलेर दोषी ठहरसमेत भइसकेको थियो। घटनामा संलग्न भए पनि सोले र कुमार बुढाथोकी उपनाम भएका दुर्गा बहादुर बुढाथोकी भने घटनालगत्तै फरार भएका थिए।

फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले २०७७ साल पुस १४ गते भारतको दार्जिलिङ पुगेर पक्राउ गरी नेपाल ल्याएको थियो । पक्राउलगत्तै सीआइबीले बुढाथोकीलाई महानगरीय प्रहरी परिसरमा बुझाएको थियो । र, २०७७ साल माघ ११ गते सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोगपत्र दर्ता भएको थियो।

प्रकाशित मिति: : 2021-09-27 21:34:00

प्रतिकृया दिनुहोस्