‘नेपाल त काठमाडौं बाहिर छ’

पोखराबाट पदयात्रामा निस्किएका कूटनीतिज्ञ कसैले हिमालसँग टिकटक बनाए, कोहीले स्तुपबाट फेसबुकमा फोटो पोष्ट गरे

सेतोपाटी

काठमाडाै‌

यो अन्नपूर्ण पहिलो, त्यो अन्नपूर्ण चौथो। संयोगवश सोमबार बिहानै अन्नपूर्ण श्रृङ्खला खुलेको थियो, हिमाल चिनाउन व्यस्त थिए, नेपालका लागि फिनल्याण्डका राजदूत प्रेट्टी जुहानी एन्टिनेन।

पदयात्राका लागि अन्नपूर्ण गाउँपालिकाको देउरालीडाँडा पुग्दा बादलले हिमाल छोपिसकेको थियो। बादल फाटेका ठाउँमा भने भर्खरै परेजस्तो सेतो हिउँ टल्किरहेको थियो। राजदूत प्रेट्टी भने अलिकति देखिएका हिउँ पनि कुन हिमालका होलान् भनेर खुट्याउन घोत्लिरहे। अरू देशका पर्यटक र कूटनीतिक नियोगका प्रमुखलाई चिनाइरहे।

प्रेट्टी फिनल्याण्डबाट नेपालका लागि राजदूत भएर काठमाडौं ओर्लिएको ३ वर्ष पूरा हुनै आँट्यो। यस बीचमा सात पटक पोखरा आएको उनले बताए।
२ वर्षअघि कोरोनाभाइरसको महामारी रोक्न भएको पहिलो लकडाउनको ठीकअघि पनि उनी पोखरामै थिए।

पोखराबाट कालीगण्डकी उपत्यका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको उनले बताए। हिमाली क्षेत्रमा घुम्दा र पोखराबाट हिमाल हेर्दाहेर्दै हिमाल चिन्न थालेको उनले सेतोपाटीलाई बताए।

नेपालको प्राकृतिक सुन्दरता र नेपालीले पस्कने आतिथ्यताले जसलाई पनि मोहित बनाउन सक्ने राजदूत प्रेट्टीको भनाइ छ।

प्रकाशित मिति: : 2021-09-28 11:15:00

प्रतिकृया दिनुहोस्