प्रधानसेनापति शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यातिनीबीच भेटवार्ता भएको छ।

जङ्गी अड्डामा शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको सेनाले जनाएको छ।

भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति: : 2021-09-30 15:03:00

प्रतिकृया दिनुहोस्