प्रेमीसँग ‘ठाकठुुक’ परेपछि टिकटकमा लाइभ गरेर आत्महत्या प्रयास, प्रहरीले गर्‍याे उद्धार

कमल प्रभात

काठमाडौं

नेपाल प्रहरीको साइबर व्यूरोमा बिहीबार बिहान करिब १२ बजेतिर एक एक युवतीले ब्लेडले हात काटेर आत्महत्या गर्न लागेको ई–मेल आयोे। उक्त ई–मेल युवतीका आफन्तको थियो।

सो ई–मेललाई ब्यूरोको टोलीले केलाएर हेर्न थाल्यो। प्रहरीको अध्ययनबाट देखियो– साच्चिकै आत्महत्याको प्रयास गरेको देखियो।

आत्महत्या त्यो पनि ब्लेडले नाडीको नसा काटेर? त्यसपछि साइबर ब्यूरोको टोलीले ती युवतीलाई खोजी गर्न थाल्यो। ब्यूरोले काठमाडौं उपत्यकालगायत देशैभरिका प्रहरीलाई युवतीको तस्बिरसहित सर्कुलर गर्यो।

त्यसैगरी, अनुसन्धानमा खटिएको टोलीले टिकटकको मुख्यालयबाट ‘ओसीकपी’ माग गर्यो। त्यतिञ्जेल ती युवतीले हातको नसा काटिसकेकी थिइन्।
ब्यूरोको टोलीलाई केही समयपछि टिकटक मुख्यालयबाट सूचना आयो– ती युवती तनहुँको घाँसीकुवामा रहेको भनेर। 

त्यसपछि ब्यूरोको टोलीले स्थानीय प्रहरीलाई खबर गर्याे र स्थानीय प्रहरी युवती भएको घरसम्म पु्ग्यो। प्रहरी पुग्दासम्म ती युवतीले हात काटेकी थिइन र बेहोसी अवस्थामा पल्टिएकी थिइन्।

युवतीको घरसम्म पुुगेको प्रहरीले ती युवतीलाई उपचारका लागि अस्पताल ल्याउने कोशिश गरेको थियो तर युवतीका आफन्तले आफैँ उपचार गर्ने भन्दै प्रहरीलाई स्यावासी दिएर फर्काए।

प्रहरीले अनुुसन्धान गर्दैजाँदा प्रेमीले धोका दिएका कारण युवतीले आत्महत्या गर्न खोजेको खुल्यो।

‘बिहानै हामीलाई युवतीले आत्महत्या गर्न खोजेको खबर आयो– ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द्र अर्यालले बिएल नेपाली सेवासँग भने समयमा हामीकहाँ खबर आउँदा युवतीको ज्यान जोगियो।’

उनका अनुसार, ती युवतीको अवस्था अहिले सामान्य छ। उनलाई प्रहरीले सम्झाई–बुुझाई परिवारको जिम्मा लगाएको छ।

‘खबर आएलगत्तै ब्यूरोको हामीले टिकटक मुख्यालयमा विवरण माग्यौँ, राम्रो ‘रेस्पोन्स’ पाइयो’, ब्यूरोका प्रहरी निरीक्षक राजकुुमार खड्गीले भने, ‘टिकटक मुख्यालयले समयमा सूचना दिएको र स्थानीय प्रहरीको सक्रियताले गर्दा युवतीको ज्यान जोगियो।’ 
 

प्रकाशित मिति: : 2021-09-30 21:30:00

प्रतिकृया दिनुहोस्