कहाँ पुगेर टुंगिएला संसदमा एमालेको अवरोध ?

लोकान्तर

सुशील पन्त

गएको भदौ २३ गतेदेखि प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको छ। भदौ २३ पछिका ९ दिनमा बसेका दर्जन बढी बैठकमा उस्तै दृष्य देखियो– एमाले सांसदले ‘संसदीय मर्यादा कायम गर’ भनेर नारा लगाउने र सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्नुस् भनेर आग्रह गर्ने। तर, एकले अर्काको कुरा सुन्दै नसुन्ने। 

अवरुद्ध संसद् सुचारु गर्न भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक आह्वान गरे। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि त्यो बैठक कुनै निष्कर्षमा पुगेन। 

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार ‘एमाले वार्ता र संवादबाट भाग्न खोजेको’ बालुवाटार बैठकको निष्कर्ष छ। ‘प्रधानमन्त्रीज्यूले आयोजना गरेको बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुभएको छ। यसले उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ। जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ’, कार्कीले भने। 

प्रकाशित मिति: : 2021-09-30 18:07:00

प्रतिकृया दिनुहोस्