सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरेकाे 'स्वास्थ्य प्रोटोकल'भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउन कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पारेकाे हाे। ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश रउद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।