जोसिला जोशी, भन्छन्– चिन्तन गरौं, चिन्ता नगरौं

‘उहाँको दैनिकी पहिला जस्तै छ’
ज्येष्ठ नागरिक प्रतिष्ठानले केही समयअघि ज्येष्ठ नागरिकप्रति विद्यार्थीको भावना कस्तो छ भन्ने विषयमा कार्यक्रम गरेको थियो। मलाई त्यहाँ शुभकामना मन्तव्य दिन भनिएको थियो। यसै सिलसिलामा मैले बेलायतका नामी कवि तथा नाटककार सेक्सपियरलाई सम्झिएँ। 

सेक्सपियरको नाटक ‘एज यु लाइक इट’ (तपाईंलाई मन परेबमोजिम)ले मेरो मन अति नै छोएको छ। यसमा जीवन के हो भन्ने प्रश्न आउँछ। पात्रहरू संवाद गर्छन्। ज्येष्ठ नागरिकको जीवन शब्दचित्रमा उतार्छन्। सेक्सपियरले भन्नुभएको छ– ‘द वल्र्ड इज लाइक अ स्टेज।’ अर्थात्, संसार एउटा डबलीजस्तै हो। 

डबलीमा जति पनि मान्छे छन् उनीहरू आआफ्नो भूमिका निर्वाह गर्न आएका हुन्। जे काम गर्नुपर्ने हो त्यो सकेर आफ्नो ठाउँ फर्किनुपर्छ। डबलीमा भूमिका निर्वाह गरेर निस्किनु नै जीवन हो। हरेकले जीवनमा भूमिका सकियो भने फर्किएर जानुपर्छ।

प्रकाशित मिति: : 2021-10-01 07:29:00

प्रतिकृया दिनुहोस्