वीरगञ्जको रक्सौल नाकाबाट आजदेखि भारतीय निजी सवारी नेपाल प्रवेश गर्न पाउने

वीरगंजकाे रक्सौल नाकाबाट भारतीय निजी सवारी साधन नेपाल प्रवेश गर्न पाउने भएका छन्। लामाे समयदेखि बन्द रहेकाे उक्त नाकाबाट शुक्रबारदेखि नेपाल प्रवेशकाे लागि खुल्ला गरिएकाे हाे। 

एक औपचारिक कार्यक्रमका बीच भारतीय निजी सवारी साधनलाई नेपाल प्रदेश गराईएको छ। नेपालको मुख्य प्रवेशद्वारा शंकराचार्यद्वारबाट निजी भारतीय सवारी साधनलाई नेपाल प्रवेश गराईएको हो।

प्रवेश गरेका पहिलो भारतीय सवारी चालक र त्यसमा सवार यात्रुलाई  प्रवेशद्वारमै फूलमाला लगाएर स्वागत गरिएकाे होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताएका छन्।

कार्यक्रममा वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी निजी सवारीको आवागमन हुनुले दुई देशबीचको सम्बन्धमा अझैँ आत्मियता बढाउने बताए। भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध भएका कारण सीमाबाट निजी सवारीको संचालन गर्नुपर्ने माग पहिलै देखि हुँदै आएको थियाे। 

उनले नेपाल–भारतको सम्बन्धका कारण पनि आगामी दिनमा नाका बन्द गर्नुभन्दा पहिला संघीय सरकारले सम्बन्ध बिग्रिन नदिने विकल्पको बारेमा सोचेर निर्णय लिनु पर्ने बताए।

निजी सवारी साधनको आवगमन खुलेसँगै भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले विस्तारै गति लिने संघका अध्यक्ष पन्त बताए।

प्रकाशित मिति: : 2021-10-01 17:33:00

प्रतिकृया दिनुहोस्