केही महिनाअघि निर्माता तथा निर्देशक शाेभित बस्नेतले राजेश हमाल महानायककाे लागि याेग्य नभएकाे बताएपछि देशभरकै चलचित्र क्षेत्र मजाले तात्याे।
बस्नेतले विभिन्न अन्तर्वार्तामा 'राजेश हमाल आफ्नाे सबैभन्दा ठूलाे दुश्मन' रहेकाे सांकेतिक दृष्टकाेणसहित निकै आलाेचना गर्दै आए। यहाँसम्म कि नेपाली चलचित्रकाे सुपरस्टार र महानायककाे संज्ञा आफै भुवन केसी र शिव श्रेष्ठलाई दिए।
यस्ता सस्ताे अभिव्यक्तिहरुले शाेभितलाई राम्रै आलाेचना खेप्नु पर्याे। केही साताअघि ‘डाँडाको वर पीपल’काे लागि आयाेजना गरिएकाे सार्वजनिक कार्यक्रममा पनि शाेभितले आफ्नाे लागि राजेश हमाल महानायक नभएकाे जिकिर गरे। यसपछि झन् उनले दाेब्बर आलाेचना खेप्नु पर्याे।
यस्ता अभिव्यक्तिका कारण शाेभितले आलाेचना त खेप्नु पर्याे-पर्याे, तर उनकाे नयाँ चलचित्र पनि नराम्ररि डुब्नेसमेत संकेत भइसकेकाे थियाे।
यहीबीच उनले आफ्नाे चलचित्रलाई जाेगाउन भए पनि अन्ततः राजेश हमाललाई नै महानायक बनेर सम्बाेधन गर्न बाध्य भए।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा शाेभितले राजेश हमाल नै ‘महानायक’ भएको भन्दै माफी मागेका छन्। साेही कार्यक्रममा शोभित र राजेश हमालबीच भेटवार्ता भएको छ। भेटका क्रममा शोभितले हमाल नै ‘महानायक’ भएको बताएका थिए।
कार्यक्रममा हमालले शोभितलाई साेधेका थिए, 'तपाईले चलचित्र क्षेत्रमा कति बर्ष बिताउनुभयो ?'
शोभितले पनि छाती फुलाउँदै भने, '२६ बर्ष भयो !'
हमालले थप्दै भने, 'मैले ३१ वर्ष बिताएँ।'
अन्त्यमा शोभितले भने, ‘अब मेराे लागि राजेश हमाल नै ‘महानायक’, भुवन केसी ‘सुपरस्टार’ र शिव श्रेष्ठलाई ‘यूग नायक’ हुनेछन्।'