'उचाइ' को छायाङ्कनका लागि अमिताभ नेपाल नआउने, डुब्लिकेटले अभिनय गर्ने

Phot: .tribuneindia.com
Phot: .tribuneindia.com

कोरोनाभाइरसको कारण सिर्जित अवस्थाले गर्दा ठप्प झैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दैछ। बिहीबारबाट फिल्म हलहरू पुनः संचालनमा आएका छन्। कोरोनाभाइरसको दोस्रो लहरले गरेको असर कम भएर अन्य क्षेत्र खुल्दासमेत फिल्म हल भने खुल्न सकेका थिएनन्। हल पुनः सुचारु भएसँगै फिल्मकर्मी उत्साहित भएका छन् नै साथमा बलिउड फिल्म ’उचाइँ’ को छायांकनले पनि।

अनुपम खेर, बोमन इरानी र परिणिती चोपडासहितको एक सय ८० जनाको टिम नेपालको हिमाली सुन्दरतालाई आफ्नो फिल्ममा कैद गरिरहेका छन्। यद्यपि फिल्मका मुख्य अभिनेतामध्येका एक अमिताभ बच्चन भने नेपाल नआउने भएका छन्। उनको स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकले नेपाल आउने अनुमति नदिएपछि उनी नेपाल नआउने भएका हुन्।

कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका अमिताभलाई  हिमालमा चिसो बढी हुने भएकोले चिकित्सकलाई फिल्म सुटिङमा नजान सुझाव दिएका हुन्। फिल्ममा अमिताभको डुब्लिकेट राजा चौधरीले काम गरिरहेका छन्। उनको ’क्लोज सट’ भने मुम्बईमै प्रविधिको प्रयोग गरेर खिच्ने निर्माण पक्षकोे तयारी छ।

अमिताभ नआउने भएसँगै उनीसँगै सिन रहेका डेनी डेन्जोङ्पा पनि नआउने भएका छन्। बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ। अमिताभले सुरजसँग पहिलो पटक काम गर्दै छन्। 

प्रकाशित मिति: : 2021-10-07 13:52:00

प्रतिकृया दिनुहोस्