'एक्स-९'मा मुख्य खलपात्र बन्दै बलिउड अभिनेता सुनिल सेट्टी

बहुप्रतिक्षित मानिएकाे नेपाली चलचित्र ‘एक्स-९’ मा बलिउड अभिनेता सुनिल सेट्टी अनुबन्धित हुने भएका छन्।

चलचित्रका निर्देशक मुकुन्द भट्ट सहितको टिम उनलाई भेट्न केही दिन अगाडि मुम्बई पुगेको थियो। अहिले सेट्टीले चलचित्रकाे कथा पढिरहेकाे र केही दिनमा लिखित सम्झाैता हुने निर्देशन भट्टले जानकारी दिए।

अभिनेता सेट्टी चलचित्रकाे मुख्य खलपात्रकाे रुपमा देखिने सम्भावना छ। चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिदैछन्। साथमा चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकार फाइनल भैसकेका छन्।

चलचित्रका लागि अहिले कलाकारहरु जीममा व्यस्त छन्। यो चलचित्रका लागि अनमोल र पुष्पले २० केजी तौल बढाउँदैछन्।

प्रकाशित मिति: : 2021-10-09 08:23:00

प्रतिकृया दिनुहोस्