मनको कुरा सुनाउनुहोस्, मनको कुरा सुन्नुहोस्

देशसञ्चार

काठमाडौँ

सुजाता खत्री

दुर्घटनामा परेको व्यक्ति जो अस्पतालमा भर्ना भएको हुन्छ। शरीरभरी ब्यान्डेज र मुखमा अक्सिजन लगाएको भएपनि उसले आफ्नो तस्बिर खिच्छ र फेसबुकमा पोस्ट गर्छ। त्यहाँ सहानुभूतिका कयौँ शब्द पोख्खिन्छन्। चाँडै निको हुन शुभकामना दिइएको हुन्छ।

शारीरिक रुपमा अस्वस्थ व्यक्तिको बारेमा थाहा नपाउने एकले अर्कोलाई भनिरहेको हुन्छ, ‘कठैबरा फलानोलाई यस्तो भएको छ रे!’

तर यही वातावरण मानसिक समस्याबाट गुज्रिरहेका व्यक्तिहरुसँग हुन्छ त ?

पछिल्लो दशक मानसिक स्वास्थ्यको बारेमा कुराकानी, उपचार केही खुलेर हुन थाले पनि मानसिक समस्याबाट गुज्रिरहेको व्यक्तिले खेप्ने व्यवहार असन्तुलित र असमान छ। शारीरिक समस्या भएका बिरामीले पाउने सद्भावपूर्ण व्यवहार मानसिक समस्या भएका व्यक्तिले पाएको देखिँदैन। अरुको सहयोग चाहिने यो अवस्थामा उल्टै अस्वाभाविक व्यवहारको सामना गर्नुपरेको देखिएको छ जसले गर्दा बिरामीलाई रोगले दिने पीडा भन्दा समाजले दिएको पीडा सयौँ गुणा ठूलो हुन जान्छ।

प्रकाशित मिति: : 2021-10-10 18:31:00

प्रतिकृया दिनुहोस्