पिताकै पथमा जेसी 

Photo: PTI
Photo: PTI

बलिउडमा सिनियर कमेडियनको रुपमा परिचित छन्, जोनी लिभर। ९० को दशकमा उनी अभिनित धेरै फिल्मले सफलता पाएका थिए। प्राय फिल्ममा उनी कमेडियनका रुपमा देखिन्थे। कुनै समय अधिकांश फिल्ममा कमेडियनको रुपमा देखिने जोनी पछिल्लो समय भने कमै देखिने गर्छन। आफ्नाे कामलाई सन्ततिले निरन्तरता दिने विश्वास उनको थियो तर त्यो पनि हुन सकेन।

उनकी छोरीले केही कमेडियन टिभी कार्यक्रम होस्ट त गरिन् तर त्यसको टिआरपी भने बढेन। यसकारण उनले अब छोरालाई भने फिल्ममा डेब्यू गराउने सोचमा छन्। तर त्यसको पनि केही तयारी मिलेको छैन। उनका छोरा हुन् जेसे लिभर। बाल्यकालमा गलाको ट्युमर र त्यसपछी भएको क्यान्सरका कारण निकै पीडा रहेका जेसे अहिले भने स्वस्थ्य छन्।

उनको केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। जसमा उनी फिट मात्र देखिएका छैनन् सिक्स प्याक एब्स पनि देखिएका छन्। उनका यी तस्वीरहरू बाहिर आएसँगै डेब्यूलाई लिएर विभिन्न चर्चा हुन थालेको छ। यद्दपी उनले हिरोको भूमिका भन्दा पनि पिता झैँ चरित्र अभिनेताको भूमिकामा आफूलाई अगाडि ल्याए।

बाल्यकालमै कभी खुसी कभी गममा देखिएका जेसीले पछिल्लो समय येह शाली आशिकी र वारमा छोटो भूमिका निर्वाह गरेका छन्। यद्दपी उनी पिता झैँ नोटिस भएका छैनन्। 

प्रकाशित मिति: : 2021-10-11 09:56:00

प्रतिकृया दिनुहोस्