प्रहरीको दसैँ: ब्यारेक नै हाम्रो घर, ब्यारेक नै हाम्रो परिवार (भिडियो)

देशसञ्चार

काठमाडौँ

बर्षा शाह

 

उनी हतारमा थिइन् । गत शनिबार प्रहरी परिशर काठमाडौँ पुग्दा उनी ड्युटीमा जाने तयारीमा थिइन्, असई सीताकुमारी कार्की । दसैँको मेसो भए पनि उनलाई कामको हतारो थियो ।

सुरक्षा सेवामा प्रवेश गर्दा आफ्नो र परिवारको भन्दा देशको हित सोच्नु पर्छ भन्ने थाहा थियो उनलाई । सोही कारण चाडपर्वमा कर्ममा खटिँदा पनि उनलाई गाह्रो हुँदैन ।

असई कार्कीको ड्युटी शनिबार माइतीघरमा थियो। महिलाहरु धेरै सहभागी भएको कार्यक्रम रहेकाले उनी त्यहाँ खटिएकी थिइन् । यस्तो हतारो दैनिक जस्तो हुन्छ उनलाई, सुरक्षामा खटिनु पर्छ ।

तर नजिकिँदै गरेको दसैँमा पनि ड्युटीमा खटिनु पर्छ वा पर्दैन उनलाई थाहा छैन । घर जाने छुट्टी भने छैन यो पाली । सर्वसाधारणको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध रहेको नेपाल प्रहरीको सेवामा प्रवेश गरेको उनी २३ वर्ष भयो । यो अवधिमा सीताले दसैँमा घर जाने मौका ८–९ पटक मात्रै पाएकी छन् ।

प्रकाशित मिति: : 2021-10-11 18:42:00

प्रतिकृया दिनुहोस्