गायक समिर घिसिङ (भिटेन) र गायिका यक्नी याेल्माे दसैंकाे कार्यक्रमकाे लागि दुबई आउने भएका छन्। दसैंकाे अवसरमा आयाेजना हुन लागेकाे नाइट लाइभ कन्सर्टकाे लागि अक्टाेबर १४ मा उनीहरू दुबई आउन लागेकाे हुन्।
कार्यक्रम अस्टोरिया होटेलमा रहेको क्लब याक एण्ड यतिमा राति ८ बजेबाट सुरू हुने छ। साेही दिनकाे भालि (शुक्रबार) उनीहरू अबुधाबीमा हुने अर्काे कार्यक्रममा सहभागी हुनेछन्।
उनीहरूकाे साथमा नेपालका चर्चित ब्याण्ड तथा कलाकारहरू सहभागी हुनेछन्। उक्त कार्यक्रम दुबई नेपाली रक्स् प्राउड्लीले आयाेजना गर्न लागेकाे हाे।