कलाकारको दसैँ योजना : गाउँ फर्कनेदेखि गान्तोक घुम्नेसम्म !

रातोपाटी

काठमाडौं

नेपालीको महान् चाड दसैँ घरआँगनमा भित्रिसकेको छ। गत बर्ष कोरोनाको त्रासका बीच दसैँ सेलिब्रेसन गरेका हामीले यो बर्ष भने केही राहत महसुस गर्न पाएका छौं। यतिबेला कलाकारदेखि सर्वसाधारसम्मलाई दसैँको माहोलले छोएको छ।

दसैँको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न पाइन्छ। यस्तै सक्रियता कलाकारहरुमा पनि देखिएको छ। कोही कलाकारले यो दसैँमा घुम्ने मुडमा बनाएका छन्, भने कोही आफ्नो जिल्ला फर्किएर आफन्तसँग दसैँ मनाउने सुरसार छ। ​केहीकलाकारहरुले योपटकको दसैँ आफ्ना लागि विषेश हुने बताउँदा कतिपयको भने हल्काफुल्कामै बिदा गर्ने मुड रहेको छ। कलाकारको दसैँ योजना उनीहरूकै शब्दमा।

जीतु नेपाल (हास्य कलाकार)

दसैँको खासै योजना छैन। घर परिवारसँगै मनाउछु। घरमा आमा र दाजु भाउजूहरुसँग टीका थाप्छु। ससुरालीमा सासुआमा र बाहिर केही आफन्त, साथीभाइका बुबाआमाको हातबाट टीका थाप्छु। हल्ला खानपिन, पिङ खेल्नेलगायतका क्रियाकलाप गर्छु।

प्रकाशित मिति: : 2021-10-12 07:48:00

प्रतिकृया दिनुहोस्