सिद्धार्थ शुक्लालाई सम्झिएर रुने गर्छिन् शहनाज !

Times Of India
Times Of India

भारतीय अभिनेत्री शहनाज कौर गिल काममा फर्किएकी छन्। सिद्धार्थ शुक्लाको निधन भएको एक महिनापछि उनी काममा फर्किएकी हुन्। 

अहिले शहनाज आफ्नो आगामी फिल्म 'हौसला राख' को प्रमोशनमा जुटेकी छिन्। त्यसै प्रमोशनकाबीच शहनाज बारम्बार सिद्धार्थलाई याद गरेर रुने गरेको समाचारमा बताइएको छ। 

उनी आफैंलाई बलियो बनाउने कोसिस गरिरहेकी छिन्त। तर जब उनी सिद्धार्थ आफूसंग नभएको थाहा पाउछिन् तब भावुक भइन् टुट्ने गर्छिन्। 

एक स्रोतले बलिउड लाइफसंग भन्यो, 'शहनाज बलियो रहन सक्दो प्रयास गरिरहेकी छिन्, तर जतिबेला उनलाई याद हुन्छ कि उनको संसार बर्बाद भएको छ, उनी रुन थाल्छिन्,  यद्यपि उनी यो दु: ख बाट बाहिर आउनको लागि सक्दो प्रयास गरीरहेकी छिन्। जे होस्, शहनाज वरपर धेरै मानिस छन् जो उनको राम्रो हेरचाह गरिरहेका छन्। यति मात्र हैन, सिद्धार्थकी आमा रीता पनि शहनाजलाई फोन गरेर उनको खबर सोधिरहन्छिन्।'


 

प्रकाशित मिति: : 2021-10-13 14:26:00

प्रतिकृया दिनुहोस्