फेसबुक जस्ता सेवाहरू किन बारम्बार अवरुद्ध हुन्छन्?

बिबिसी

काठमाडौं

फेसबुकका संस्थापक र प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले गत साता फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध भएको करिब छ घण्टा पछि लेखे: "आजको अवरोधको लागि माफ गर्नुहोस्।"

थाहा छैन जुकरबर्गले उनको फेसबुक पोस्टमा आएका सम्पूर्ण प्रतिक्रिया पढ्छन् या पढ्दैनन्। यदि उनले माफी मागेको पोस्टमा आएका सबै प्रतिक्रिया पढे भने त्यसका लागि उनले ननिदाई १४५ दिन बिताउनु पर्नेछ।

अवरोधकमा लागि फेसबुकले नियमित मर्मतसम्भारको कामलाई अवरोधको कारण ठहरायो। इन्जिनियरहरूले जारी गरेको एक आदेशले गर्दा फेसबुक डेटा केन्द्रहरू अप्रत्याशित रूपमा इन्टरनेटबाट विच्छेद भए।

उक्त घटनापछि जुकरबर्गले माफी मागेको पोस्टमा ८,२७,००० ले प्रतिक्रिया जनाएका थिए।

कसैले नामिबियाबाट लेखेको थियो: “यो घटना त भयानक थियो। मलाई मेरो परिवारसँग कुरा गर्नु थियो।”

त्यस्तै इटालीका एक प्रयोगकर्ताले लेखे: “मैले त आफ्नो मोबाइल बिग्रियो भन्ने ठानेर मर्मत केन्द्र पुर्‍याएँ।”

प्रकाशित मिति: : 2021-10-13 17:11:00

प्रतिकृया दिनुहोस्