चाडबाड आएसँगै तङ्ग्रिदै सांगीतिक माहाेल

File Photo
File Photo

कोराना कहरको कारण सेलाएको सांगीतक माहोल बिस्तारै तङ्ग्रिन थालेको छ। कोरोनाले सांगीतिक कार्यक्रम ठप्प प्रायः बने। दोस्रो चरणको कोराना कहर बिस्तारै नियन्त्रणमा आउन थालेपछि सांगीतिक कार्यक्रम पुनः हुन थालेका छन्।

गायक डम्बर नेपालीले मोरङको उर्लाबारी— ८ स्थित नेचुरुल फन पार्कमा दसैँको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा भरपुर मनोरञ्जन दिलाए। कमेडियन सुमन कार्कीले बिभिन्न प्रशंगहरु केलाउदैं हसाउनु हसाँए। गायक कमल खत्रीले सोही कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीतहरु सुनाएर दर्शकदिर्घालाई नचाएका थिए। उनको प्रस्तुतीमा दर्शकहरुले भरपुर साथ दिएका थिए।

‘कोरोना कहर लकडाउनले अस्तव्यस्त बनेको समय अब केही सहज भएको महशुस गरेका छौ' कमलले स्टेजबाटै भने, 'लामो समयपछि सांगीतिक कार्यक्रम मार्फत हजुरहरु समक्ष प्रस्तुति दिन पाउँदा खुशी छु। तर सावधानिचाँहि सबैले अपनाउनुपर्छ है।'

दर्शक पनि पहिलेका सांगीतिक कार्यक्रमको न्यास्रो मेट्न कार्यक्रम स्थल आएका थिए। उर्लाबारीमा कार्यक्रम सकिएको भोलिपल्टै लमही शान्तिनगरमा खत्रीले प्रस्तुति दिए।

गायक प्रमोद खरेल र गायिका रचना रिमालले पनि उर्लाबारीमै भएको अर्को एक सांगीतिक कार्यक्रममा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे।
होटल ग्राण्डको उद्घाटन कार्यक्रममा गायक खरेलले र  रिमालले प्रस्तुति दिएका हुन्।

कोरोना कहरका कारण शुन्यप्राय बनेको कन्सर्ट बिस्तारै हुन थालेपछि कलाकारहरु उत्साहित छन्। गायक डम्बर नेपाली भन्छन्, 'कोराना कहरका बीच पनि गीत रेकर्डिङ गर्ने काम त भईरहेको थियो। तर कन्र्सट भने हुन सकेको थिएन्।'

गीत रेकर्डिङ म्युजिक भिडियो बनाउँदा खर्च हुन्छ, त्यसको लगानी उठाउन त कन्सर्ट हुन पर्यो। आफुहरुको मुख्य आम्दानी भनेको नै कन्सर्ट रहेको गायक नेपाली बताउछन्। थुप्रै कार्यक्रममा देश तथा बिदेश पुग्ने गरेका नेपालीले कोराना कहर लकडाउनले सांगीतिक क्षेत्र तहसनहस भएको बताउछन्।

भन्छन्,'लकडाउनमा हुने खाने कलाकारहरुले दिन सहजै कटाए होला, तर भर्खर संघर्ष गर्दै गरेका र कन्सर्टको भरमा जिविको पार्जन गरिरहेका कलाकारहरुले कति दुखः भोग्नु पर्यो भनि साध्य छैन। सरकारले नारामा मात्र कलाकार राष्ट्रका गहना हुन भन्छन्, तर कलाकारको समस्यामा केही चाँसो देखाउदैन्।' उनले सांगीतिक कार्यक्रम हुन थालेपछि अब जीवनयापन सहज हुने विश्वास गरे।

गायक राजेश पायल राईले फेरि समय सामान्य अवस्थामा फर्किदै गएको बताएका छन्। 

नेपाली सांगीतिक क्षेत्रमा ‘बादशाह’का रुपमा कहलिँदै आएका राजेशपायललाई कोरोना महामारी अघिसम्म नेपाल भेट्नसमेत मुस्किल हुन्थ्यो। नत्र १२ महिनामा ९ महिना विदेशकै स्टेज कार्यक्रम र नेपाल आएका बेला रेकर्डिङमै व्यस्त हुने गरेका राजेशपायलले ५ वटा दसैँ, तिहार अमेरिकामै मनाएका छन।

 

अमेरिका बाहेक युरोप, हङकङ र खाडी मुलुकहरुमा समेत राजेशपायलको दसैँ, तिहार बितेको छ। उनी भन्छन्,‘कलाकार भएपछि दसैँ–तिहार भनेर घरमै बस्न पाइँदैन। अहिले पो कोरोनाले घरमा थन्काएको छ। तर, अब अवस्था सहज बन्दै गएको छ, सांगीतिक कार्यक्रम बिस्तारै जुर्मुराउछ्।'

गायक गायिकको आम्दानीको मुख्य स्रोत नै सांगीतिक कार्यक्रम हुन्। महोत्सव, मेला, पर्व तथा अन्य अवसरमा देश विदेशमा हुने सोमा कलाकार व्यस्त हुन्छन्। सीडी वा डीभीडी बेचेर कमाउने जमाना अब रहेन । कोरोना आतंक बिस्तारै हराउँहै गएपछि सांगीतिक क्षेत्रमा केही आशा भने पक्कै पलाएको छ।

'रियालिटी शाे'का बिजेतालाई झनै ठूलो असर

गतबर्षको 'रियालिटि शाे'का बिजेताहरुलाई कोरोना कहरले कार्यक्रमका लागि ठूलै असर पुर्यायो। जब कार्यक्रम सकियाे काेराेना कहर सुरू भयाे। देश, विदेशमा सहभागी हुन पाउने उनीहरु दर्शकहरुको पहिलो रोजाईमा हुन्छन्। देश विदेशबाट प्रस्ताव आएका कार्यक्रमहरु कोरोनाकै कारण राेकिए 'द भ्वाईस अफ नेपाल'मा सहभागी मेचु धिमाल बताउछिन्।

त्यसाे त कमेडी च्याम्पियन, नेपाल आईडल,द भ्वाईस अफ नेपालका गत वर्षका बिजेताहरु सामाजिक सञ्जालमा अपडेट त भए। तर, कोराना कहरले घरमै थन्किएका थिए। 'स्वास्थ्यभन्दा ठूलो कार्यक्रम र पैसा हुनै सक्दैन', कमेडिन सुमन कार्कीले भने, 'कोरोनाले घरै थन्किए पनि सिर्जना गर्ने अवसरका रुपमा लिए, जो अहिले सामान्य वातावरण भएपछि प्रस्तुत गर्न पाउँदैछु।'

प्रकाशित मिति: : 2021-10-14 16:43:00

प्रतिकृया दिनुहोस्