‘बा र काका उमेरका नेतालाई सम्मानजनक बहिर्गमन गर्नुपर्छ’

अबको १०–१५ वर्षमा युवा पुस्ताले देश बनाउनुपर्छ : लिमा अधिकारी

रातोपाटी

काठमाडौं

दसैँअघि मिडियामा एउटा समाचार छ्याप छ्याप्ती भयो– एमाले नेता स्व. भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले एमाले छोडिन्। उनी माधव नेपाल नेतृत्वको नेकपा  (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरिन्। लिमा अब राजनीतिमा सक्रिय बन्ने। आदि– इत्यादि।

लिमा अधिकारीसँग केही ‘कम्बिनेसन’ छन्। एक– एमाले नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी भतिजी एवं भरतमोहन अधिकारीकी छोरी हुनुको नाताले लिमा कम्युनिस्ट परिवार र संस्कारमा हुर्किएकी हुन्। दोस्रो– उनी चीनमा म्यानेजमेन्ट पढेर स्वदेश फर्किएकी हुनाले उनले विदेशमा ज्ञान सीप आर्जन गरेको युवापुस्ताको समेत प्रतिनिधित्व गर्छिन्। तेस्रो– उनी व्यावसायिक परिवारकी सदस्य हुन्। र, उनी चेम्बर अफ कमर्समा समेत आबद्ध रहेकी हुनाले उनले उद्योगी व्यवसायीको समेत प्रतिनिधित्व गर्छिन्। र, चौथो– उनमा युवा पुस्ताले देश बनाउनुपर्छ भन्ने अठोट छ, समग्र युवा पुस्तामा जस्तै।

एमाले परित्याग गरेको भन्नुपर्दा आफूलाई अत्यन्त पीडा हुने गरेको बताउने लिमा पछिल्लो समय एमालेमा धनवाद र डनवाद देखिन थालेकाले माधव नेपाललाई रोजेको बताउँछिन्। माधव नेपालको पार्टी भन्दा अहिलेसम्म एमाले नै ठुलो भएता पनि अब नेपालमा वैकल्पिक शक्तिको आवश्यकता रहेको र युवा पुस्ताले अगाडि सरेर १०–१५ वर्ष भित्रमा देशलाई समृद्ध बनाउनुपर्ने उनको अठोट छ।

वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऔँ जस्ता लोकप्रिय कार्यक्रमहरू ल्याएका एमाले नेता मनमोहन–भरतमोहनको सान्निध्यमा हुर्केकी लिमाले देशको पछिल्लो अवस्थालाई कसरी हेरिरहेकी होलिन् ? उनको यही विचार बुझ्नका लागि रातोपाटीले गरेको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

भरतमोहनकी छोरी अब राजनीतिमा सक्रिय हुने भन्ने समाचार अघिल्लो साता मिडियामा छाएको थियो। तपाईं अहिले भर्खरै राजनीतिमा लाग्न आँट्नुभएको हो ?

यो गलत समाचार हो। म विगत १८ वर्षदेखि नै तत्कालीन एमालेको सङ्गठित सदस्य भएर एमालेको अनेमसंघ अन्तर्गत रहेर उद्योग विभागमा काम गर्दै आइरहेकी छु। मेरो प्रोफेसनमा म आफू व्यवसायी भएँ। तर, मैले पार्टीमा फूलटाइम नभए पनि पार्ट टाइम योगदान गर्दै आएकी थिएँ।

तपाईंको प्रोफेसन चाहिँ ?

प्रकाशित मिति: : 2021-10-16 10:28:00

प्रतिकृया दिनुहोस्