‘कान्छो न्यायाधीश’ भन्छन्– कानुन र सामाजिक अभ्यासमा बेमेल छ

रातोपाटी

काठमाडौं

जाजरकोट जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य नेपालकै कान्छो न्यायाधीश हुन् । २०३८ सालमा पर्वतको विहादीमा जन्मिएका उनी २०७७ भदौ १ गते जिल्ला न्यायाधीश नियुक्त भएका हुन् । कम उमेरमै न्यायाधीशको भूमिका पाए पनि उनी न्याय सेवामा प्रवेश गरेको ११ वर्ष भइसकेको छ ।

शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका उनी आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा बढुवा भइसकेका थिए । तर खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्त गर्ने प्रक्रिया आरम्भ भएपछि उनले सो सम्बन्धी परीक्षामात्र दिएनन्, अब्बल नतिजा पनि ल्याए ।

न्यायाधीशले गर्ने हरेक फैसला न्यायसंगत हुनुपर्ने मान्यता राख्दै आएका उनी न्याय कहिल्यै नमर्ने बताउँछन् । प्रमाणको अभावमा वा परिस्थितिजन्य केही कारणले केही समयका लागि न्याय ढाकछोप हुन सक्ने तर सदाका लागि न्याय ढाकछोप हुन नसक्ने उनको भनाइ छ ।

करिब एक वर्ष जिल्ला न्यायाधीशको भूमिका निर्वाह गरिसकेका उनले कतिपय विषयमा कानुनी पक्ष र समाजको व्यवहारिक पक्षमा निकै भिन्नता महसुस गरेका छन् । सामाजिक अभ्यास, कानुनी व्यवस्था तथा न्याय सम्पादनसँग सम्बन्धित विविध पक्षबारे प्रस्तुत छ, न्यायाधीश आचार्यका भनाइका सम्पादित अंश–

प्रकाशित मिति: : 2021-10-17 10:31:00

प्रतिकृया दिनुहोस्