जसले मैदान बाहिर पनि जिते

जसले नेपाली फुटबललाई नयाँ उचाइ दिए, दसैंमा टिका–जमरा लगाएर थप ‘फ्यान’ कमाए

अन्नपूर्ण पोष्ट

विष्णु थापा
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई बिजया दशमीका दिन माल्दिभ्समा टीका लगाइदिँदै नेपाली टोलीका ब्यवस्थापक मधुसुदन उपाध्याय। तस्बिर सौजन्य : एन्फा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलको २८ वर्षको इतिहासमा नेपाल पहिलो पटक उपाधि नजिक पुगेको थियो। शनिबार राति भएको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३–० गोलले पराजित भए पनि फाइनल पुगेर नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्‍यो। यसअघिका संस्करणमा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको नेपालको ऐतिहासिक सफलताका सारथि थिए, अब्दुल्लाह अलमुताइरी। माल्दिभ्सले आयोजना गरेको १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालको ऐतिहासिक सफलता र खेलाडीहरूको प्रदर्शनभन्दा पनि प्रशिक्षक अलमुताइरीका कारण चर्चामा रह्यो। 

भारतसँगको राउन्ड रोबिन लिग अघि दिएको अभिव्यक्ति, विजया दशमीका दिन टोलीका सदस्यहरूसँग लगाएको टीका र फरक दुई खेलमा पहेंलो कार्ड पाउँदा पनि फाइनल खेलमा प्रतिबन्धमा परेपछि साफको निष्पक्षताका बारेमा दिएको अभिव्यक्तिका कारण अलमुताइरी नेपाली फुटबल समर्थकमाझ चर्चामा रहिरहे। यसैगरी प्रिम्याच र पोस्ट् म्याच कन्फरेन्समा उनको बोल्ने शैली, टोलीले गोल गरेपछि र जितेपछि खुसीयाली मनाउने शैली, प्लेयर बक्समा बस्दा देखाउने हाउभाउले उनी अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा रहे। 

प्रकाशित मिति: : 2021-10-18 07:23:00

प्रतिकृया दिनुहोस्