आयरल्याण्डमा विदेशी यात्रुका लागि नयाँ नियम

Getty Images
Getty Images

आयरल्याण्डमा विदेशी यात्रुका लागि सरकारले नयाँ नियमहरू घोषणा गरेको छ।

गत मङ्लबार घोषणा गरिएको नयाँ नियमहरू आगामी शुक्रबारदेखि लागू हुने अधिकारीहरूले जानकारी दिएका छन्।

नयाँ नियमअनुसार हरेक आगन्तुकले आफूलाई कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नुपर्नेछ। त्यसका लागि पूर्ण खोप नलगाएकाहरूले पीसीआरको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएको भए पनि कम्तीमा छ महिनाभन्दा अगाडि नै भएको हुनुपर्ने र १२ वर्षभन्दा कम उमेरका हुनुपर्ने व्यवस्था पनि नयाँ नियममा उल्लेख गरिएको छ।

सरकारले तोकेका सर्तहरू पालना भएको वा नभएको बारेमा विमान सेवा प्रदायकहरूले जाँच गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। त्यसैगरी होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त पनि आयरल्याण्ड सरकारले विदेशी यात्रुका लागि राखेको छ।

प्रकाशित मिति: : 2021-10-21 06:23:00

प्रतिकृया दिनुहोस्