ओलीकै जस्तो गल्ती दोहोर्‍याउँदै देउवा– कूटनीतिक मामिलामा खेलाँची, राष्ट्रले चुकाउँदैछ मूल्य !

लोकान्तर

सुशील पन्त

२०७३ वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्‍यो।

पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकारको पालमा राजदूत नियुक्त भएका आचार्यलाई १ वर्ष पाँच दिनमै सरकारले फिर्ता बोलायो। फिर्ता बोलाउँदा आरोप लगाइयो– सरकार ढाल्न सक्रिय भएको, भारतीय राजदूत रञ्जित रेसँग तराईका जिल्लामा हिँडेको लगायत। 

सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उपाध्यायलाई फिर्ता बोलाएको केही समयमै ओली नेतृत्वको सरकार ढल्यो। र, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो। प्रचण्ड नेतृत्वको सरकारले असोज महिनामा उपाध्यायलाई पुनः भारतका लागि राजदूत सिफारिश गर्‍यो। कात्तिक १३ गते उपाध्याय पुनः राजदूत नियुक्त भए। 

प्रकाशित मिति: : 2021-10-21 14:47:00

प्रतिकृया दिनुहोस्