बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले भने- मलाई फसाइयो 

Photo: PTI
Photo: PTI

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन्। उनीसहित आठजनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ।

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो। उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ। सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ। आर्यनको जमानत दुईपटक खारेज भएपछि उनको वकिलले मुम्बई हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन्। जसको सुनुवाइ २६ अक्टोबरमा हुँदैछ। 

अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन्। ‘मेरो ह्वाटएप्स च्याटलाई गलत तरिकाले बाहिर ल्याइएको छ,’ आर्यनले अपिलमा भनेका छन्, मैले ड्रग्स सेवन गरेको छैन र मसँग केही प्रतिबन्धित सामग्री भेटिएको पनि छैन तर पनि म जेल बस्न बाध्य छुँ।’ उनले पार्टीमा आफूले अरबाज र आचित नामक दुई साथीलाई मात्र चिनेको खुलाएका छन्। आर्यनले अपिलमा आफूलाई फसाउने षड्यन्त्र भइरहेको जनाउँदै न्यायका लागि यहाँसम्म आएको उल्लेख गरेका छन्। 

हालै एनसीबीले आर्यनको घर मन्नतमा समेत छापा मारेको थियो। यद्यपि त्यहाँ के पाइयो भन्ने विषयमा केही खुलाइएको छैन। यसका साथै ह्वाटएप्स च्याट अभिनेत्री अनन्या पाण्डेसँग लिंक भएको भन्दै त्यहाँसमेत एनसीबीले छापा मारेको छ। बिहीबार एनसीबीले छापा मरेपछि अनन्यालाइ सोधपुछका लागि बोलाउनुका साथै ल्यापटप र मोबाइलसमेत सिज गरेको थियो।

प्रकाशित मिति: : 2021-10-24 09:59:00

प्रतिकृया दिनुहोस्