‘बिग बोस–१५: प्रतीक बने ‘बीबी किंग अफ द वीक’ 

Celebface.com
Celebface.com

भारतिय रियालिटी शो ‘बिग बोस: १५’ सुरु भएको तीन हफ्ता भइसकेको छ। जसमा कहिँले रोमान्स, कहिँले झगडा त कोहीँ शोबाट नै बाहिएको देखाइयो।

तर शोमा सबै भन्दा चर्चा करण कुन्द्रा र ‘बिग बोस ओटीटी’का पूर्व सदस्य प्रतीक सहजपालबीच भएको झगडाले खिच्यो। जसको कारण दर्शक मात्र नभई अन्य ‘सेलिब्रेटि’ समेत चकित भए।

करणले प्रतीकलाई उचालेर पछारेका थिए। जसको फाइदा प्रतीकलाई भएको छ। शोको तेस्रो हफ्तामा बैलाई पछाडि पार्दे प्रतीक ‘बीबी किंग अफ द वीक’ बनेका छन्। जसको असर करणलाई परेको छ। रिर्पोटको अनुसार उनलाई त्यसको फाइदा मिल्नेवाला छ। 

प्रकाशित मिति: : 2021-10-25 12:20:00

प्रतिकृया दिनुहोस्