चोलेन्द्र पौडेलको ‘आगनीको डिल’ सार्वजनिक (भिडियो)

लोकदोहोरी गायक चालेन्द्र पौडेलको ‘आगनिको डिल’ सार्वजनिक भएको छ। स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छिन्।

रामजी पौडेलको शब्द सिर्जनामा चालेन्द्र आफैँले लय भरेका हुन्। गीतको म्युजिक भिडियोमा ओबी रायमाझी र दिपासा बिसीको अभिनय छ। सुनील परियारको संगीत संयोजनमा तयार भएको गीतलाई दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेका हुन्।

आगनिको डिल एक माया प्रेमको कथा हो। जस्तो सुकै आपत विपत परेका बेला पनि एक अर्काको साथ आवश्यक छ भन्ने सन्देश गीतको म्युजिक भिडियो हेर्दा मिल्छ। यसअघि पानी मुनीमुनी, चढ्यो चढ्यो जवानी लगायतका दर्जन बढी गीत सार्वजनिक गरेका चोलेन्द्र पौडेल सो गीतबाट सफलता मिल्नेमा विश्वस्त छन्।

अहिलेको माया प्रेम दुई दिन पनि टिक्दैन। केही मनमुटाव हुने बित्तिकै सम्बन्ध विच्छेद हुन्छ। तर म्युजिक भिडियोमा प्रस्तुत माया प्रेमले सम्बन्ध गास्ने सन्देश प्रवाह गरिरहेको हामी पाउँछौं। समय सहज हुँदा जसले पनि साथ दिन्छ तर आपतमा साथ दिने जो हुन्छ उ नै सच्चा साथी हो भन्ने भावनालाई गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ।

छायाँकन समेत पोखराको रमणीय स्थलमा गरिएको गीतलाई हेरेर सुझाव वा प्रतिक्रिया दिन गायक पौडेलको आग्रह छ।

भन्छन्, ‘हामीले राम्रा सिर्जनालाई समेत माया गर्नुपर्ने हुन्छ। आजको भोली चर्चा कमाउने गरी आएका गीतको शब्द र लय सुन्दा नै उदेक लाग्दो छ। गीतसंगीतको संरक्षणका लागि हाम्रा सिर्जना समेत सबैले सुन्ने खालको हुनुपर्छ। दर्शकले समेत त्यहि अनुरुपको माया दिएको खण्डमा नराम्रा गीतले प्रशय पाउने थिएनन्।’

उसो त पौडेलले माया प्रेमका गीतसंगीत बाहेक सामाजिक जनचेतना मुलक गीत समेत सार्वजनिक गरेका छन्। आगामी समयमा पनि लोकसंगीत क्षेत्रबाट टाढा नगई सामाजिक रुपान्तरणमा दरिलो भूमिका खेल्ने प्रणका साथ उनी लागिपरेका छन्। 

प्रकाशित मिति: : 2021-10-26 18:13:00

प्रतिकृया दिनुहोस्